मंगलबार कस्तो छ सुनचाँदीको मूल्य ? « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

मंगलबार कस्तो छ सुनचाँदीको मूल्य ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्