सुन तोलामा १६ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा १ हजार ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम गरिएको थियो ।
साथै, मंगलबार प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।