सरकारी खर्चको प्रभाव बैंकिङमा, एक सातामै ५२ अर्व बढीले भित्रियो निक्षेप « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

सरकारी खर्चको प्रभाव बैंकिङमा, एक सातामै ५२ अर्व बढीले भित्रियो निक्षेप



काठमाडौं । सरकारले आर्थिक वर्षको अन्त्यमा भएका विकासको खर्चको भुक्तानीका कारण बैंकिङ क्षेत्रले केही सुविधा पाएका छन् । आर्थिक वर्षको अन्त अर्थात यही असार २४ गतेसम्म सरकारले भएका विकासका खर्चको भुक्तानी दिएको थियो ।

अव सरकारी खाता बन्द भएको छ । सरकारी खर्चको प्रभाव बैंकिङ क्षेत्रमा देखिएको हो । अहिले बजारमा तरलताको चरम संकटमा केही सहज भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुमा एक सातामै ५२ अर्बभन्दा बढी निक्षेप देखिएको छ ।

सरकारी विकास खर्चको प्रभावले अहिले वित्तिय कजारमा केही खुकुलोपना देखिएको छ । बैंकहरु पछिल्ला एक सातामै ५२ अर्वभन्दा बढी निक्षेप थपिएको छ । यो निक्षेप २८ गते मंगलबारसम्म अझै बढ्ने देखिन्छ । असार १५ सम्ममा बैंकहरुमा ४४ खर्ब १८ अर्ब निक्षेप रहेकोमा असार २२ गतेसम्म ४४ खर्ब ७० अर्ब पुगेको हो ।


प्रतिक्रिया दिनुहोस्