सुन तोलामा ३ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा आज ३ सय रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कामय गरिएको थियो ।
त्यस्तै, बुधबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।