सुन तोलामा ८ सय रुपैयाँले घट्यो, चाँदी कति ? « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

सुन तोलामा ८ सय रुपैयाँले घट्यो, चाँदी कति ?



काठमाडौ । आर्थिक वर्षको अन्तिम कारोबारको दिन सुनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ८ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम गरेको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्