सुन तोलामा २ सय रुपैयाँले ओरालो, चाँदी भने बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा आज २ सय रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ६ रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, शुक्रबार प्रतितोला १ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १६० रुपैयाँ कायम गरिएको थियो ।