सुन तोलामा ४ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ? « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

सुन तोलामा ४ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजार आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने तोलामा ः५ रुपैयाँले बढेर प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्