सुन तोला २ सय रुपैयाँले घट्यो, चाँदी कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २ सय रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, सोमबार प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।