निक्षेप गणनामा लचक, कर्जाको ब्याजदर बढ्ने  « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

निक्षेप गणनामा लचक, कर्जाको ब्याजदर बढ्ने 



काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/०८० को शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्दै निक्षेप गणनामा केही लचक नीति लिएका छन् । तर बैङ्क रेट ७ बाट साँढे ८ प्रतिशत बनाएपछि कर्जाको ब्याजदर बढ्ने भएको छ । 

नेपाल बैकर्स सङ्घका उपाध्यक्ष सुनिल केसीले अव कर्जाको ब्याजदर बढ्ने निश्चित रहेको बताए । बैङ्क रेट बढाइएपछि अन्तर बैङ्क व्याज बढ्छ, अन्तर बैङ्क रेट बढेपछि कर्जाको रेट बढ्ने केसीले बताए । 

बैङ्कहरूमा एकतातिर सरकारको बजेटको लक्ष्य एकातिर रहेको अर्कोतर्फ बैङ्कहरूले कर्जा दिन नसक्ने अवस्था आएको एक बैंकरले बताए । राष्ट्र बैङ्कले फरेन करेन्सीको रिजर्भ कायम राख्ने गरी बजेट ल्याएको छ ।  

सिडी रेसियो गणनामा लचकता अपनाएको राष्ट्र बैङ्कले छ । सिडी रेसियो गणना गर्दा २०८० असारसम्म निष्कासन गरिएको ऋणपत्रबाट उठेको पैसालाई निक्षेपको रूपमा गणना गर्न पाउने व्यवस्था गरेको छ । यसले बैङ्कहरूको तरलतालाई केही सघाउ पु¥याउनेछ । नेपाल राष्ट्र बैङ्कले ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाइने व्यवस्थालाई निरन्तरता दिएको छ । बैङ्कहरूले हालसम्म १ खर्बभन्दा बढीको ऋणपत्र निष्कासन गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्