साताको पहिलो दिन नेपाली बजारमा सुनको मुल्यमा वृद्धि, कतिमा भयो कारोबार

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मुल्य बढेको छ ।
शुक्रबारको तुलनामा सुनको भार प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ पुगेको छ। आइतबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ।