सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तोलामा २ सय रूपैयाँले घटेको छ ।
आज छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो । यसदिन तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रूपैयाँमा कायम भएको छ ।
यसका साथै, आज चाँदी तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार १५० रूपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार १५५ रूपैयाँमा कारोबार भएको थियो ।