निजी क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउन सकिँदैन– कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउन नसक्ने बताएका छन् ।
आइतबार नेपाल आर्थिक पत्रकार समाज ले आयोजना गरेको विद्युत व्यापारमा पहुँचसम्बन्धी कार्यक्रममा घिसिङले यस्तो बताएका हुन् ,
गत वर्ष ५ अर्बको विजुली बिक्री गरेको र आगामी वर्ष १६ अर्ब रुपैयाँको बिक्री गर्छौँ, घिसिङले भने । उनले प्राधिकरणले बल्ल आम्दानी गर्न थालेकोले निजी क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउन नसक्ने बताए ।
‘विद्युत व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ, प्राधिकरणले केही कमाइरहेका छौं । विगतमा एक वर्षमा ५ अर्बको निर्यात गरेका छौं । यो वर्ष प्राधिकरणले करिव १६ अर्ब भन्दा बढीको विद्युत निर्यात गर्छौं । विद्युतको लागि जुन जोखिम लिएका थियौैं । अब २० वर्षपछि यसलाई परिवर्तन गरेर निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने कुरा हुँदैन’ उनले भने ।
घिसिङल उद्योगमा विद्युतमा सामान्य समस्या हुँदा पनि ठूलो मुद्दा बनाउने काम भएकोमा असन्तुष्टि जनाएका छन् । उद्योगहरुले मागेजति विद्युत दिन प्राधिकरण तयार रहेको भन्दै घिसिङले त्यसका लागि प्रशारण लाइन र सबस्टेशनमा लगानी बढाइरहेको बताए ।