आज सुनको मुल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो । यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि ९५ हजार १ सय रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको भाउ भने स्थिर देखिएको छ । चाँदी प्रतितोला १२२० रुपैयाँमा कारोबार भइरहेको छ ।