फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, आन्तरिक बजारमा पनि घट्ला त ? « Arthapath.com
१२ जेष्ठ २०८२, सोमबार

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, आन्तरिक बजारमा पनि घट्ला त ?



काठमाडौं । पछिल्लो पटक भारतीय आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । अगष्ट १ तारिखमा आएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल/मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटेर आएको नेपाल आयाल निगमले जनाएको छ ।

अघिल्लो पटक जुलाई १५ तारिखमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा प्रतिलिटर १६ रुपैयाँ ५६ पैसाले मूल्य घटाएर पठाएको थियो । तर मूल्य घटेर आउँदा पनि आन्तरिक बजारमा मूल्य समायोजन नगरेको निगमले पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ १९ पैसा डिजेल मट्टितेलमा समान २१ रुपैयाँ ९२ पैसा घाटामा नै रहेको जनाएको थियो ।

निगमका अनुसार डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासमा भने अझै निगमलाई घाटा लाग्ने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्