विश्व प्रख्यात गल्फ लुब्रिकेन्टको डिलर मिट कार्यक्रम सम्पन्न

काठमाडौं । नेपालमा ३८ वर्षको गौरबमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक विक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टेका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो डिलर मिट,”Challenges Ignites Success” नारामा सम्पन्न भएको छ । २ दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै डिलर, गल्फ आयलइन्टरनेशनल,गल्फ आयल इंडियारनेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्य डिलरहरूलाई उत्प्रेरित गर्ने र अर्को वर्षको Roadmap सँग पङ्क्तिबद्ध गर्ने थियो। कार्यक्रममा विभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेड काकार्यकारी निर्देशक श्री करण चौधरीले भने, ‘विगत केही वर्षदेखि बाह्य कारणले गर्दा व्यवसायहरूले एक वा अर्को समस्याको सामना गर्दै आएका छन्, यो चुनौतीपूर्ण समयमा पनि हाम्रा डिलरहरूको अथक प्रयास र, innovation को कारण हामी नेपालकै सर्वाधिक बिक्रिहुने ब्रान्ड भैराखेका छौ । म हाम्रा सबै डिलरहरु र टिमको प्रयास लागि आभारी छु जसले यो सम्भव बनाएको छ ।’
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।