दसैंका लागि ६ करोडभन्दा बढी रकमको खसीबोका ल्याइने « Arthapath.com
१४ जेष्ठ २०८२, बुधबार

दसैंका लागि ६ करोडभन्दा बढी रकमको खसीबोका ल्याइने



काठमाडौं । सरकारले यसवर्षका लागि ३ हजार खसी बोका तथा च्याङग्रा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यसवर्षको दसैंका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको हो ।

कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खसी बोका तथा च्याङग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिसकेको छ । उनका अनुसार घटस्थापनाका केही दिनअघि काठमाडौंमा यसरी खरिद गरिएका खसी बोका तथा च्याङग्रा काठमाडौंमा आउनेछन भने घटस्थापनादेखि कम्पनीले विक्रिवितरण सुरु गर्नेछ ।

गत वर्ष प्रतिकेजी ६ सय ४० रुपैयाँमा खसी बोका विक्री गरिएको भए पनि यसवर्ष भने मूल्य बढाउने कम्पनीको तयारी छ ।


प्रतिक्रिया दिनुहोस्