तीजको दिन सुन तोलामा ३ सय रुपैयाँले बढ्यो

काठमाडौं। सुनको भाउमा सामान्य वृद्धि भएको छ । तीजको दिन मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी आज प्रतितोला ११ सय ४५ रुपैयाँ कायम भएको छ ।