सामसङको दशैं उपहारः डेलीटिभी, ड्याम्मै कार योजना « Arthapath.com
१५ भाद्र २०७९, बुधबार

सामसङको दशैं उपहारः डेलीटिभी, ड्याम्मै कार योजना



काठमाडौं । सामसङले ‘यो वर्षको दशैं उपहार, डेलीटिभी, ड्याम्मै कार’ योजना सार्वजनिक गरेको छ । कम्पनिका अनुसार यो योजना भदौ १४ गतेदेखि असोज १४ गतेसम्म लागु हुनेछ ।सामसङ स्मार्ट फोन वा ट्याबलेट खरीद गर्ने जो कोही यो योजनामा सहभागी बन्न सक्नेछन् र योजनामा सहभागी बन्नका लागि ग्राहकले सामसङ स्पेस राखी खरीद गरेको डिभाइसको सिरियल नं. टाइप गरेर ३५००१ म एसएमएस गर्नु पर्नेछ ।


यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्चको सामसङ टिभी र बम्पर पुरस्कारमा एउटा कार ड्याम्मै जित्न सक्ने कम्पनीले बताएको छ । सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार सामसङ उपभात्ताहरुको जीवनलाई सहज बनाउनको लागि सधै प्रतिबद्ध छ । यो चाडपर्वको मौसममा हामीले हाम्रा उपभोक्ताहरूलाई खुसी हुने र उनीहरूको जीवनलाई अझ राम्रो बनाउने अर्को कारण प्रदान गर्नकालागि उक्त अफरको आयोजना गरिएको बताए ।

यस योजनामा सहभागी बन्नका लागि हरेक सहभागीले सामसङको आधिकारिक बिक्रेता वा इ–कमर्स साइटबाट अफरको अवधिभरमा सामसङ स्मार्ट फोन वा ट्याबलेट मध्ये कुनै एक खरीद गरेकै हुनु पर्नेछ।यसरी सामान खरीद गरेपछी खरीदकर्ताले खरीद गरेको सामानको सिरियल नम्बरसहित सामसङ टाइप गरेर ३५००१ मा एसएमएस पठाउनु पर्ने कम्पनीले बताएको छ। एसएमएस पठाउने सबै सहभागीहरू मध्येबाट विजेताको चयन गरिने र गोलाप्रथा साप्ताहिक रूपमा गरिनेछ।

यो योजना अवधिभरका लागि दैनिक रूपमा गोलाप्रथा सञ्चालन गरिने र गोलाप्रथालाई सामसङ फेसबुक पेजमा लाइभ गरिने समेत कम्पनीले बताएको छ । कम्पनीका अनुसार विजयी सिरियल नम्बरहरू सोही दिन फेसबुक पेजमा पोस्ट गरिनेछ।

Tags :

प्रतिक्रिया दिनुहोस्