उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति पुग्यो ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन तीन कम्पनीको सेयर मूल्य उच्च दरम वृद्धि भएको छ ।
शुक्रबार दुई घण्टा खुला भएको कारोबारमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, रु रु जलविद्युत कम्पनी र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्या उच्च दरमा वृद्धि भएको हो ।
उक्त दिन सर्पोट माइक्रोफाइनान्सको सेयर मूल्य ९.८० प्रतिशत अर्थात प्रतिकित्ता १२५ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य आज १हजार ४ सय रुपैयाँ कायम भएको छ ।
आज रु रु जलविद्युतको सेयर मूल्य पनि ९.६७ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७८ रुपैयाँ ९० पैसाले बढेर ८९५ रुपैयाँ पुगेको छ ।
यस्तै, उक्त दिन सामूदायिक लघुवित्तको सेयर मूल्य पनि ७.६१ प्रतिशत अर्थात प्रतिकित्रा १०५ रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ ।
उक्त दिन यी कम्पनीहरुसहित मानुषी लघुवित्त, अपर हेवाखोला हाइड्रोपावर, चिलिमे हाइड्रोपावर लगायतका लगानीकर्ताले कमाएका छन् ।