दराजको नयाँ मेम्बरसीप ‘दराज क्लब’ सञ्चालनमा

काठमाडौं । अनलाइन बजार दराजले आफ्नो नयाँ मेम्बरसीप प्रोग्राम ‘दराज क्लब’ सञ्चालनमा ल्याएको छ । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले दराज एप मार्फत विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् भने ग्राहकहरुले दराज एपमा प्रत्येक खरिदमा जेम्स कमाउन सक्ने कम्पनीले जनाएको छ ।
दराज क्लबको सदस्य बनेर ग्राहकहरूले उच्च जेम्स रिडेम्पसन, थप पुरस्कार र विशेष भौचर लगायतका अन्य फाइदाहरू प्राप्त गर्नेछन् भने यी सुविधाहरू मार्फत, ग्राहकहरूले आफ्ना अर्डरहरूमा अतिरिक्त छुट प्राप्त गर्न र थप बचत गर्न कम्पनीको भनाइ छ ।
दराज क्लब आईओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध छ । नयाँ सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुलाई दराज एप अपडेट गर्नुपर्नेछ ।
क्लबमा सामेल हुनका लागि, ग्राहकहरूले ३१ डिसेम्बर २०२२ सम्म कम्तीमा २५०० जेम्सहरु संकलन गर्नुपर्नेछ । जुन दराजमा किनमेल गरेर कमाउन सकिन्छ। ३१ डिसेम्बर पछि, क्लबमा सामेल हुन आवश्यक पर्ने जेम्सहरुको न्यूनतम संख्या ३ हवा ५०० मा बढाइनेछ र दराज क्लबका सदस्यहरूले मात्र चेकआउटको समयमा छुटका लागि रत्नहरू प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।