दराज ११:११ मा अनर को आकर्षक अफर

अनरको आधिकारिक बिक्रेता सेलट्रन नेपालले दराज ११:११ को अवसर मा विभिन्न प्रकार को आकर्षक अफरहरु लिएर आएको छ। नोवेम्बेर ११ देखि सुरुवात हुन गईरहेको दराज ११:११ को लागि अनरले छुट तथा उपहार को अफर लिएर आएको हो।
११:११को मुख्य आकर्षणफ्रि गिफ्टस् हो । त्यसैले, अनर नेपालले आफ्ना फोन खरिदमा आकर्षक निःशुल्क उपहार दिएर मानिसहरूलाई आकर्षित गर्न अगाडि आएको छ। HONOR X7, HONOR X8 वा HONOR 50 Lite को कुनै पनि खरिदमा HONOR Earbuds X3 Lite निःशुल्क पाउनेछन् साथै HONOR X9 को खरिदमा HONOR ब्यान्ड 6 निःशुल्क पाउनेछन्।
साथै, HONOR Nepalले आफ्ना Accessories मा पनि आकर्षक छुट दिएको छ । ५,४९० रुपैयाँ मूल्य को HONOR Earbuds X3 Lite मात्र ४,४९० रुपैयाँ मा प्राप्त गर्न सकिनेछ भने ६,४९० रुपैयाँ मूल्य को HONOR Band मात्र ५,४९० रुपैयाँ मा प्राप्त गर्न सकिनेछ।
