सुन तोलामा ६ सय रुपैयाँले बढ्यो, यस्तो छ चाँदीको कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ, तेजावी सुन ९६ हजार ८०० रुपैयाँमा कारोाबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ ।