१ लाख माथि उक्लियो सुन, कतिले बढ्यो आज ? « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

१ लाख माथि उक्लियो सुन, कतिले बढ्यो आज ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आकाशिएको छ । मंसिरमा बिहेको सिजन सकिए पनि आज सुन तोलामा ६ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख रुपैयाँको कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा काराृेबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्