सुनचाँदी पसलका संचालक माथि गोली प्रहार गर्नेलाई पक्राउ गर्ने महासंघको माग « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

सुनचाँदी पसलका संचालक माथि गोली प्रहार गर्नेलाई पक्राउ गर्ने महासंघको माग



काठमाडौं । कैलाली सुनचाँदी व्यवसायी संघमा आवद्ध सुनचाँदी व्यवसायी सदस्य घोडाघोडी सुन चाँदी पसलका संचालक विकास सुनारलाई पुष ३ गतेका दिन साँझ करिब ५ः३० बजे अत्तरियामा रहेको पसलबाट डेरामा फर्कदैं गर्दा गोलि लागेको छ । अत्तरिया चोक पूर्व तर्फ रहेको सशस्त्र प्रहरी ब्यारेक र प्रेट्रोल पम्पको नजिक अपरिचित लुटेराहरु बन्दुक सहित मोटरसाईकलमा आएर एक्कासी गोली प्रहार गरी घाईते बनाई साथमा रहेको सुन चाँदी नगद, पसलको चाबी लुटेर फरार भएको घटना प्रति महासंघको ध्यानाकर्षण जनाएको छ ।

यसबाट उक्त प्रदेश मात्र नभई समस्त देशभरीका सुन चाँदी व्यवसायीहरुको धन जनको सुरक्षामा गम्भिर प्रश्न चिन्ह खडा भएको महासंघले जारी गरेको विज्ञप्तीमा भनेको छ । यस्ता सांघातिक घटना यस अघि पनि मुलुकका विभिन्न सुनचाँदी व्यवसायीहरु माथि बारम्बार हुँदै आएका छन् । यस्ता घटनाले आम सुनचाँदी व्यवसायीहरुको आत्मबल कमजोर बनाई व्यवसाय नै कसरी सुरक्षित भई संचालन गर्ने भन्ने वातावरण बनाएको महासंघले बताएको छ ।

मुलुकमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउनु र दोषीलाई अबिलम्ब पक्राउ गरी कारवाही गर्न महासंघ नेपाल सरकारसँग महासंघले जोडदार माग गरेको छ । लुटेराहरुको अबिलम्ब पहिचान यसर्थगरी यथाशिघ्र कारबाही गरेर कानुनी राज्यको अनुभूति दिलाई क्षतिपुर्तिको माग समेत रहेकोछ । घाईते व्यवसायीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र व्यवसायीहरुलाई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन महासंघ सरकारसँग जोरदार माग गरेको हो ।
……………………………


प्रतिक्रिया दिनुहोस्