सुन निरन्तर उकालो, प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेकोछ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख २ हजार ९ रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज १० रुपैयाँले घटेर १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।