सुन तोलामा ८ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं । केहि दिन यता निरन्तर उकालो लागि रहेको सुन आज भने घटेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख २ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बिहिबार प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा २० रुपैयाँले घटेरप्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।