निरन्तर महँगिदै सुनको भाउ, आज प्रतितोला कति पुग्यो ?

काठमाडौं । शुक्रबार सुनको वृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन छापावाला सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन अर्थात बिहीवार १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख ७ हजार १ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन बिहीबार १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भई १ हजार ३१० रुपैयाँ कायम भएको छ ।