सुनको मूल्य प्रतितोला १ हजारले घट्यो, चाँदीको कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१४ चैत्र २०७९, मंगलवार

सुनको मूल्य प्रतितोला १ हजारले घट्यो, चाँदीको कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला १ हजारले रुपैयाँले घटेको छ ।

मंगलबार छापावला सुनको मूल्य १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन (सोमबार) छापावाला सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ कायम रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार घएको छ । सोमबार १ लाख ८ हजार ५ सय रुपैयाँ कायम रहेको थियो ।

साथै , आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । आज प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्