लगातार घट्दै सुनको भाउ, आज प्रतितोला कति सस्तियो ? « Arthapath.com
१२ जेष्ठ २०८०, शुक्रबार

लगातार घट्दै सुनको भाउ, आज प्रतितोला कति सस्तियो ?



काठमाडौं । शुक्रबार सुन किन्ने ग्राहक सस्तोमा पर्ने भएका छन् । बिहीबारको तुलनामा आज छापावाला सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

साताको अन्तिम कारोबार दिन नेपाली बजारमा छापवाला सुनको भाउ १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको छ । तर, बिहीवार भने १ लाख ८ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । हिजो पनि छापवाला सुनको भाउ तोलामा १ हजार रुपैयाँले सस्तिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि सस्तिएको छ । आज प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३४५ रुपैयाँ निर्धारण भएको छ ।


प्रतिक्रिया दिनुहोस्