सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ ।

सोमबार (आज) प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँमा खरिद बिक्री भएको छ ।अघिल्लो दिन (आइतबार) छापावला सुन सोही मूल्यमा बिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन तेजाबी सुन सोही मूल्यमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्