घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधवार सुनको भाउ सस्तिएको छ । अघिल्लो दिनको तुलनामा आज छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो ।
मंगलबार ५०० रुपैयाँले बढेको सुन आज भने घटेर १ लाख १२ हजार ८०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबलार १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले आजका लागि तेजावी सुनको भाउ १ लाख १२ हजार २५० रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै साताको चौंथो कारोबार दिन चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ ।