सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो ।

साताको दोस्रो कारोबार दिन अर्थात् सोमबार १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ ।

आजका लागि तेजावी सुनको भाउ १ लाख ११ हजार २५० रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन बुधावार भने १ लाख ११ हजार ६५० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार आजका लागि चाँदीको मूल्य १ हजार ४०० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्