एक सातादेखि ओरालो लागेको सुन आज बढ्यो, कतिमा हुंदैछ कारोबार ? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

एक सातादेखि ओरालो लागेको सुन आज बढ्यो, कतिमा हुंदैछ कारोबार ?



काठमाडौँ । एक सातादेखि निरन्तर ओरालो लागेको सुन बल्ल आज आएर बढेको छ । बुधबार सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख छ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला एक हजार तिन सय १० रुपैयाँमा कारोबार भइरहेकोे छ ।


प्रतिक्रिया दिनुहोस्