दसैंलाई खसी-बोका काठमाडौं उपत्यका भित्र्याइँदै: तीन दिनमै २५ हजार बिक्री हुने अनुमान, कति पर्छ मूल्य ? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

दसैंलाई खसी-बोका काठमाडौं उपत्यका भित्र्याइँदै: तीन दिनमै २५ हजार बिक्री हुने अनुमान, कति पर्छ मूल्य ?



काठमाडौ । काठमाडौं उपत्यकामा आज (असोज २८ गते) देखि दसैंका लागि खसी-बोका तथा च्याङ्ग्रा भित्रिने भएको छ ।
दसैंलाई लक्षित गरेर चौपाया व्यवसायीहरुले आइतबारदेखि खसी बोका तथा च्याङ्ग्रा भित्र्याउन लागेका हुन् ।

दसैं तिहार जस्ता चाडपर्वमा सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर खसी-बोका खरिद गर्दै उपत्यकामा ल्याएर बिक्री गर्ने चलन छ ।

उपत्यकामा फूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र २० देखि २५ हजार खसी बोका बिक्री हुने चौपाया खरिदबिक्री सेवा संघले जनाएको छ । संघका अनुसार यो वर्षको दसैँमा उपत्यकामा ४५ देखि ५० हजार रुपैयाँ मूल्य पर्ने खसी बोका तथा च्याङ्ग्रा खपत हुने अनुमान छ ।

यस्तै, नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालिको दसैँका लागि ३ हजार खसी-बोका र च्यांग्रा ल्याउने भएको छ । कम्पनीका अनुसार २ हजार खसी र बोका तथा १ हजार च्यांग्रा ल्याउन लागिएको हो । तर, घटस्थापनाको १/२ दिनपछि मात्रै बिक्री वितरण सुरु हुने कम्पनीले जनाएको छ । यस वर्षको दसैंमा प्रतिकेजी १० रुपैयाँ सस्तो पर्ने अर्थात छुट दिइएको ।


प्रतिक्रिया दिनुहोस्