‘गोरु जुधाउने मेला’ माथि निर्मित वृत्तचित्र ‘गोरु पर्व’ अन्तरराष्ट्रिय फिल्म फेस्टिवलमा छनौट

काठमाडौं । नुवाकोटको ‘गोरु पर्व’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा छनौट भएको छ ।
नुवाकोटको तारुकामा हरेक वर्ष माघे सङ्क्रान्तिमा आयोजना हुने ‘गोरु जुधाउने मेला’ माथि निर्मित वृत्तचित्र ‘गोरु पर्व’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा छनौट भएको हो । आगामी कात्तिक १६ देखि २० गतेसम्म दक्षिण कोरियामा हुन लागेको ‘अपोरिया अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिवल’ मा छानिएको छ ।
‘गोरु पर्व’ पुरु लम्सालको लेखन तथा निर्देशनमा निर्माण भएको वृत्तचित्र हो । फेस्टिवलका लागि उक्त वृत्तचित्र नेपालबाट छनोट परेको छ । योसँगै विभिन्न देशका १० चलचित्र महोत्सवमा छनोट भएका छन् ।
सिने मेकर्स प्रालिको ब्यानरमा निर्मित वृत्तचित्रका निर्मातामा निरञ्जन सिग्देल शर्मा, छायाकारमा रमेश धमला र ज्योति सिंह तथा सम्पादकमा लव प्याकुरेल छन् । राजेन्द्र बजगाईँको पाश्र्व सङ्गीत र सुशील ठकुरीको पाश्र्व गायन रहेको ‘गोरु पर्व’ ले दुई अन्तर्राष्ट्रिय सम्मान पनि प्राप्त गरिसकेको छ ।