दसैं लगत्तै सुनको मूल्यले बनायो नयाँ रेकर्ड: प्रतितोला १ लाख १६ हजार पुग्यो, अझै बढ्ने संकेत « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

दसैं लगत्तै सुनको मूल्यले बनायो नयाँ रेकर्ड: प्रतितोला १ लाख १६ हजार पुग्यो, अझै बढ्ने संकेत



काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । दशैं बिदा सकिएसँगै सुनको मूल्य हालसम्मकै उच्च हो। आज छापावाला सुनको मल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

इजरायल–प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेको छ । विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ ।

इजरायल–प्यालेस्टिन द्वन्द्वको प्रभावले सुनको भाउ वृद्धि भएको बताइन्छ । यसका साथै अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण लगानीकर्ता सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित भएका छन् । जसले सुनको मूल्य वृद्धिमा चाप परेको छ । यसको प्रभाव अझै पर्ने विज्ञहरु बताउँछन् ।

नेपालीमा बजारमा गत शुक्रबार अथात् कात्तिक ३ गते सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएर नयाँ रकेर्ड कायम भएको थियो । उक्त रेकर्डलाई ब्रेक भएको हो । आज सुनको मुल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्