सस्तियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

सस्तियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको भाउ आज केही सस्तिएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ सोमबार प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

अघिल्लो दिन अर्थात् आइतबार १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको सुन आज भने घटेको हो । आजका लागि छापावाला सुनको भाउ १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्