कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा २०० रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १५ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्