निरन्तर तेस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

निरन्तर तेस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । निरन्तर तीन दिन सुनको मूल्य ओरालो लागेको हो । आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य एक लाख १४ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्