सुनको मूल्यमा ओरालो यात्रा, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । पछिल्लो सयम नेपाली बजारमा सुनको मूल्य ओरालो लागि रहेको छ । आज एकै दिन सुन तोलामा एक हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १३ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले घटेको छ । बिहिबार चाँदी तोलामा एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।