इसेवाले माग्यो देशभर ठुलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ? « Arthapath.com
१८ मंसिर २०८०, सोमबार

इसेवाले माग्यो देशभर ठुलो संख्यामा कर्मचारी, कसरी दिने आवेदन ?



काठमाडौँ । इसेवाले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै देशभरका लागि १३० जना कर्मचारी मागेको हो ।

कम्पनीले बजार प्रतिनिधि र बजार ब्यवस्थापकमा कर्मचारी मागेको हो । जसका लागि कोशि प्रदृशमा १५ जना, मधेश प्रदेशमा ४ जना, बागमति प्रदेशमा २४ जना, लुम्बिनी प्रदेशमा ३२ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना कर्मचारी मागेको छ ।

उक्त पदका लागि १२ पास भएको उम्मेदावारहरुलाई आवेदन दिन प्रोत्साहित गर्ने कम्पनीले जारी गरेको सूचनामा भनेकोछ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल [email protected] मार्फत सिभि पठाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्