सुनको मूल्यले बनायो फेरि ऐतिहासिक रेकर्ड, किन दैनिक महँगिदै छ ? « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

सुनको मूल्यले बनायो फेरि ऐतिहासिक रेकर्ड, किन दैनिक महँगिदै छ ?



काठमाडौं । सुनको भाउले एकपछि अर्को रेकर्ड बनाएको छ । आज पनि सुनको मूल्य कीर्तिमानी उचाईमा पुगेको हो । मंगलबार एकैदिन छापावाला सुनको भाउ २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार पुगेको थियो ।

तर, आज फेरि ५०० रुपैयाँले वृद्धि भई १ लाख २३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख २२ हजार ९०० रुपैयाँ तोकिएको छ ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा नै सुनको भाउ निरन्तर वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजरामा नै लगातार आएको बढोत्तरीले नै नेपाली बजारमा पनि सुन महँगिएको हो । विशेषगरि पछिल्लो समय डलरको भाउ घटेको छ । केहि समययता अमेरिकी केन्द्रिय बैंक फेडेरल रिजर्भले ब्याजदर घटाउने चर्चा छ । ब्याजदर घटाउने चर्चासँगै डलरको भाउ घटेको छ । त्यसको प्रभाव सुनको मूल्यमा परेको हो ।

यस्तै, साताको चौंथो कारोबार दिन चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। मंगलबार भने १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्