किन महँगियो चकलेट ? के भविष्यमा यसको उत्पादन खतम हुनसक्छ ? « Arthapath.com
२ बैशाख २०८१, आईतवार

किन महँगियो चकलेट ? के भविष्यमा यसको उत्पादन खतम हुनसक्छ ?



१२ खर्बभन्दा बढीको चकलेट बजार एक अनिश्चित भविष्यतर्फ लम्किरहेको छ ।

काठमाडौँ । चकलेट शताब्दीयौंदेखि विश्वभर मनपर्ने चीज हो। तर फेब्रुअरी २०२४ मा चकलेटको मूल्यमा कीर्तिमानी वृद्धि भएको थियो ।

चकलेटमा प्रयोग हुने कोकोको प्रति टन मूल्य अमेरिकी बजारमा दोब्बर बढेर ५८७४ डलर पुगेको छ । त्यसयता निरन्तर बढ्दै गएको छ ।

चकलेट उत्पादन गर्ने कच्चा पदार्थ ‘कोको’ उत्पादनमा भइरको गिरावटले यसरी निरन्तर मूल्य बढिरहेको हो ।

विश्वमा आपूर्ति हुने अधिकांश कोको दुई पश्चिमी देशहरूमा उत्पादन गरिन्छ, जहाँ किसानहरू जलवायु परिवर्तनको प्रभावसँग संघर्ष गरिरहेका छन्। त्यहाँको मौसम परिवर्तनले कोको उत्पादनमा निकै नराम्रो प्रभाव पारेको छ । तर यसबाहेक ती किसानहरूले अन्य चुनौतीहरू पनि सामना गर्छन्।

चकलेटको इतिहास

इङ्गल्याण्डको रिडिङ विश्वविद्यालयमा पुरातत्वको इतिहासका प्राध्यापक डा। केटी साम्पेकले चकलेटको इतिहासबारे अनुसन्धान गरिरहेकी छन्।

उनी भन्छिन्, ‘करिब चार हजार वर्षअघि उत्तरी अमेजन अर्थात इक्वेडर र भेनेजुएलाको क्षेत्रमा कोकोका रुखहरू भेटिएका थिए। पछि यी रूखहरू मेक्सिको र मध्य अमेरिकामा बढ्न थाले। कोको रूखका नयाँ प्रजातिहरू हुर्किए।’

सुरुमा कोको फलको रसलाई ‘फर्मेन्ट’ गरेर खाना तथा पेय पदार्थमा प्रयोग गरिन्थ्यो। पुरातत्वविद्हरूले धेरै पुरातन बोतलहरू फेला पारेका छन्, जसमा कोकोको रासायनिक निशानहरू फेला परेका थिए।

पछि मानिसहरूले यो फलको बीउ प्रयोग गरेर खाद्यान्न बनाउन थाले। यस्ता खाद्यान्नहरु मन्दिर र पूजास्थलहरूमा प्रसादका रुपमा चढाइन थाल्यो भने कोकोका दाना पनि भेटीको रूपमा प्रयोग हुन थाल्यो।

माया सभ्यता ९वर्तमानमा दक्षिणी मेक्सिको, ग्वाटेमाला, होण्डुरस, बेलिज र एल साल्भाडोरको भाग०का केही शिलालेखहरूमा पनि कोकोका फाइदाहरू उल्लेख गरिएको छ। कोकोलाई प्रजनन क्षमतासँग पनि जोडिएको देखियो।

चौथो शताब्दीका केही प्रमाणहरूका अनुसार कोकोआ बीउ पनि लेनदेनको लागि मुद्राको रूपमा प्रयोग गरिन्थ्यो। पछि कोको पनि एल साल्भाडोरमा खेतिकै रुपमा उब्जाउन थालियो । यस क्षेत्रका किसानहरूले कोकोको उत्पादकता बढाउने तरिकाहरू आविष्कार गरे।

एल साल्भाडोर चाँडै एक प्रमुख कोको उत्पादन क्षेत्र बन्यो। त्यहाँका किसानले कोको उत्पादन गरेर यसका लागि हावापानी उपयुक्त नभएका क्षेत्रमा निर्यात पनि गर्न थाले ।

स्पेनिस डुङ्गाहरू सोह्रौं शताब्दीमा त्यहाँ पुगेका थिए। तिनीहरूले यो क्षेत्र कब्जा गरे। स्पेनी उपनिवेशले पनि मुद्राको रूपमा कोकोको बीउ प्रयोग गर्न थाले।

एल साल्भाडोरमा कोकोबाट पेय वा जुस पनि बनाइएको थियो। यसलाई ‘चकलेट’ भनिन्थ्यो।

सोह्रौं शताब्दीमा स्पेन र अन्य धेरै क्षेत्रहरूमा ‘चकलेट’ पेयको प्रयोग सामान्य भयो र मानिसहरूले बिहान चकलेट पिएर सुरु गर्न थाले। सोह्रौं शताब्दीको मध्यतिर चियाको खपत सुरु भएको थियो र सत्रौं शताब्दीको मध्यतिर कफीको खपत बढेको थियो। तर त्यसअघि बिहानको खाजासँगै चकलेट पेयको सेवन सुरु भएको थियो।

जसरी अचेल कफी र चिया घरहरू छन्, सोह्रौं शताब्दीको मध्यतिर लन्डनमा चकलेट घरहरू खोलिएका थिए। त्यतिबेलासम्म युरोपमा चकलेट र कोकोको खपत निकै लोकप्रिय भइसकेको थियो।

युरोपमा चकलेटको बढ्दो मागले धेरै परिवर्तनहरू ल्यायो।

पहिलो सय वर्षसम्म चकलेट उत्पादन सम्बन्धी निर्णय स्थानीय जनताको हातमा थियो। जब स्पेनी उपनिवेशवादीहरूले त्यहाँ कोको खेती कब्जा गरे, त्यसपछि उत्पादनमा उल्लेखनीय कमी आयो।

किनभने कोको एक संवेदनशील बोट हो। यसलाई आर्द्रता र गर्मीको सही मात्रा चाहिन्छ। यसको विशेष ख्याल राख्नुपर्छ, जुन कुरा स्थानीय जनतालाई राम्ररी थाहा थियो। त्यसैले उनीहरू यस कार्यमा निकै सफल भएका छन् ।

यसका कारण सुरुमा स्पेनीहरूले यसमा हस्तक्षेप गरेनन्। तर कोकोको माग बढ्न थालेपछि उनीहरूले ठूलो आकारमा कोको खेति गर्न थाले । त्यहाँका स्थानीय किसानलाई दास बनाए र उनीहरुलाई नै काममा लगाए ।

सन् १८९० तिर पोर्चुगलका राजालाई ब्राजिलको उपनिवेश आफ्नो हातबाट ुचिप्लिन सक्छु भनेर चिन्ता पर्न थाल्यो। उनले ब्राजिल र अफ्रिकामा कोको खेती सुरु गरे।

१८ औं शताब्दीमा आइपुग्दा विश्वको अधिकांश कोको उत्पादन अफ्रिकी देशमा हुन थालेको थियो । यसरी मध्य अमेरिकाबाट अफ्रिकामा फैलिएको कोको आज संसारका धेरै देशहरूमा खेती गरिन्छ।

ब्राजिल, इक्वेडर र भेनेजुएला अझै पनि ल्याटिन अमेरिकामा कोको उत्पादन गर्ने प्रमुख देशहरू हुन्। तर अहिले एसियामा थाइल्याण्ड, मलेसिया र भारतमा पनि कोको उत्पादन तीव्र गतिमा बढिरहेको छ । यद्यपि, पश्चिम अफ्रिका अझै पनि कोको उत्पादनमा हावी छ।

कठिन कोको खेती

घानाको क्वामे एनक्रुमाह विश्वविद्यालयका पर्यावरण विज्ञानका सह-प्राध्यापक फिलिप एन्ट्वी अग्येया भन्छन्, ‘घाना आइभरी कोस्ट पछि विश्वको दोस्रो ठूलो कोको उत्पादन गर्ने देश हो। विश्वमा आपूर्ति हुने कुल कोकोको २० प्रतिशत घानाबाट आउँछ।’

जलवायु परिवर्तनले घानाको कोको उत्पादनमा नकारात्मक असर परेको उनको भनाइ छ। जलवायु परिवर्तनका कारण कोको उत्पादनको मौसम छोटो हुँदै गएको छ । उनले देशका उत्तरी क्षेत्रका धेरै किसानले ५० वर्षअघि फेब्रुअरी९फागुन०मा कोकोको बिरुवा रोप्ने थाल्थे। तर अहिले जेठसम्म कुर्नु परिरहेको उनले बताए।

घानामा विभिन्न कृषि क्षेत्रहरू छन्। कोको खेती हुने उत्तरी क्षेत्रमा वर्षमा एकपटक मात्रै खेती गर्ने र यसको मौसम छोटिँदै गएकाले किसानले आफ्नो काम राम्ररी गर्न पाएका छैनन् ।

पछिल्ला केही दशकहरूमा घानाले बाढी र खडेरी जस्ता धेरै प्राकृतिक समस्याहरूको सामना गरेको छ। यसका साथै कीराका कारण कोको बाली र रुखहरू नष्ट हुने भएकाले कठिनाइ अझै बढेको छ।

आगामी वर्षहरूमा अझ ठूलो खडेरी हुने अनुमान गरिएको छ, जसले देशका लाखौं किसानहरूको जीविकोपार्जनलाई असर गर्नेछ। घानामा कोकोको बगैंचा सरकारी स्वामित्वको होइन साना किसान परिवारसँग छ।
एक अनुमान अनुसार घानामा ८ लाख ६५ हजार किसानले कोको खेती गर्छन्।

तर नेपालका उखु किसानलेजस्तै घानाका कोको किसानहरूले पनि भुक्तानी पाउनका लागि भने सिजनको अन्त्यसम्मै वा त्योभन्दा ढिलासम्म प्रतीक्षा गर्नुपर्ने बाध्यता छ ।

एक सिजनमा कोको बेचेर कमाएको त्यही पैसा किसानहरुले वर्षभरको खर्च धान्न प्रयोग गर्छन् । कोको खेती गर्ने क्षेत्रमा धेरै गरिबी छ। मुलुकको अर्थतन्त्रको प्रमुख खम्बा भएकाले त्यहाँको सरकारले यो समस्यालाई गम्भीरतापूर्वक लिएको छ । यस दिशामा सरकारले धेरै कदम चालेको छ।

घानाको कोको उद्योग नियन्त्रण बोर्ड सरकारको हातमा छ। कोको कन्ट्रोल बोर्डले किसानहरूलाई कोको बिरुवा र मलहरू निःशुल्क उपलब्ध गराउँछ। किसानले आफ्नो कोको बाली यस बोर्डलाई बेच्न कानुनी रूपमा बाध्य छन् र बोर्डले यसको मूल्य पनि निर्धारण गर्दछ, ताकि उनीहरूलाई शोषणबाट जोगाउन सकिन्छ।

यससँगै किसानहरूले जलवायु परिवर्तनको असरबाट आफ्नो बाली जोगाउन धेरै कदम चालिरहेका छन् । यी किसानहरूले कोको उत्पादनमा निर्भरता कम गर्न अन्य काम पनि गर्न थालेका छन्।

चकलेट अर्थव्यवस्था

क्यानाडाको इन्टरनेशनल इन्स्टिच्युट अफ सस्टेनेबल डेभलपमेन्टका नीति सल्लाहकार स्टेफनी बर्मुडेजका अनुसार कोको उद्योगले विश्व अर्थतन्त्रमा ठूलो भूमिका खेल्छ किनभने यस क्षेत्रले विशेष गरी विकासशील देशहरूमा ५ करोड मानिसहरूलाई रोजगारी प्रदान गर्दछ।

जलवायु परिवर्तनका कारण कोको उत्पादनमा नराम्ररी असर परिरहेको छ किनभने धेरै देशमा बढ्दो गर्मी र खडेरीका कारण कोको उत्पादन गर्न गाह्रो भइरहेको छ र कोको उत्पादन घट्दै गएको छ।

पश्चिम अफ्रिकामा कोको उत्पादन सन् २०१८ र २०१९ बीच पाँच प्रतिशतले घटेको छ। कतिपय देशमा कोको उब्जाउन पनि गाह्रो हुँदै गएको छ भने धेरै देशमा मौसम परिवर्तनका कारण कोको उब्जाउन असम्भव हुने अवस्था छ ।

यो समस्या पश्चिम अफ्रिका र ल्याटिन अमेरिकाको ब्राजिल र पेरुमा सुरु भएको छ । त्यहाँको बढ्दो गर्मीका कारण या त कोकोको बिरुवा मर्ने वा राम्ररी फल फलाउन नसक्दा कोकोको गुणस्तर पनि खस्किँदै गएको र मूल्यमा समेत असर परिरहेको छ ।

नेदरल्याण्ड, जर्मनी र अमेरिका कोकोका सबैभन्दा ठूलो खरिदकर्ता हुन्।

संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार २० अर्ब डलरको कोकोको व्यापार हुने गरेको छ। जसमा भुटेको कोकोबाट बनेको पाउडर र तरल पदार्थ समावेश छ।

कुल कोको उत्पादनको पचास प्रतिशत चकलेट उद्योगमा प्रयोग गरिन्छ । चकलेट उद्योगको बजार मूल्य १०० अर्ब डलर छ। सन् २०२६ सम्ममा यो १८९ अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।

कोकोआ विश्व कमोडिटी बजार वा वस्तु बजारमा बेचिन्छ र किनिन्छ, जहाँ यसको मूल्य माग र आपूर्ति अनुसार उतार(चढ़ाव हुन्छ।

कोको उत्पादनमा आएको गिरावटका कारण यसको मूल्य रेकर्ड उच्च पुगेको छ। अहिले यसको मूल्य प्रतिटन सात हजार डलर पुगेको छ । यसको मतलब पछिल्लो एक वर्षमा कोकोको मूल्य १६३ प्रतिशतले बढेको छ ।

कोको बीन्सबाट चकलेट बनाउने प्रक्रियामा कयौँ समूहहरू संलग्न छन्। केही समूहहरूले अरूको तुलनामा धेरै नाफा कमाउँछन्।

कोको उत्पादनबाट हुने नाफाको ७० प्रतिशत रकम चकलेट उत्पादन गर्ने कम्पनीहरूको खल्तीमा जान्छ। यी कम्पनीहरूले प्रायस् बजार मूल्य कम भएको समयमा कोको बीन्स किन्छन् र राख्छन्।

तर कोको किसानहरूलाई उनीहरूको बालीबाट तत्काल आम्दानी चाहिन्छ। किसानहरू मूल्य बढुञ्जेलसम्म पर्खनै सक्दैनन् । जसको लाभ ब्यापारीले प्राप्त गरिरहेका छन् ।

कोको खेतीमा करिब ५० लाख कृषक संलग्न रहेको आँकलन छ । पछिल्ला वर्षमा मलको मूल्यवृद्धि, आर्थिक सहयोगको अभाव र खराब मौसमका कारण किसानको समस्या बढ्दै गएको छ । यसले कोको उत्पादनलाई असर गरिरहेको छ।

त्यसोभए, भविष्यमा चकलेटको माग पूरा गर्न कोकोको पर्याप्त आपूर्ति हुनेछैन ?

सायद अवस्था त्यस्तै हुनसक्छ । पहिले अमेरिका र पश्चिमी युरोपेली देशहरू चकलेटको मुख्य उपभोक्ता थिए। तर अहिले चीन, मेक्सिको, टर्की, इन्डोनेसियालगायत एसियाली मुलुकमा चकलेटको माग बढ्दै गएको छ । एसिया चाँडै नै चकलेट उत्पादनको दोस्रो ठूलो बजार बन्ने अनुमान गरिएको छ।

उत्पादन बढाउने चुनौती

कोको व्यापारमा संलग्न ५२ सदस्य राष्ट्रहरूको एक अलग्गै संगठन ‘अन्तरराष्ट्रिय कोको संगठन (आईसीसीओ)’ पनि छ । यसको उद्देश्य वातावरणलाई हानी नगरी दिगो रूपमा यस उद्योगलाई निरन्तरता दिनु हो।

आइभरी कोस्टमा रहेको आईसीसीओको प्रोजेक्ट म्यानेजर युन्सा अबु बकर भन्छिन्, कोको उद्योगमा सबैभन्दा महत्त्वपूर्ण तर सबैभन्दा कमजोर वर्ग नै कोको किसानहरू हुन्।

उनी भन्छिन्, ‘हाम्रो सामु दुईवटा चुनौती छन् । सर्वप्रथम, हामी कोको किसानहरूले उनीहरूको कडा परिश्रम र उब्जनीको उचित मूल्य पाउँछन् भन्ने सुनिश्चित गर्न चाहन्छौं । दोस्रो उद्देश्य भनेको कोकोको गुणस्तर उच्चतम स्तरमा रहन्छ भन्ने सुनिश्चित गर्नु हो।ु

धेरैजसो किसानहरूले कोकोको खेती विरासतमा पाएका छन्। उनीहरुलाई परम्परागत रुपमा प्रयोग गर्छन् र जे पाउँछन् त्यसैमा सन्तुष्ट हुनुपर्छ भन्ने सोच्छन्।

तर अहिले किसानलाई कोको उत्पादनका नयाँ विधिहरू अपनाउन र यसमा लगानी गर्न आवश्यक छ भनेर बुझा उन ठूलो प्रयास भइरहेको छ ।

कोकोको गुणस्तर सुधार गर्न धेरै चकलेट कम्पनीहरूले किसानहरूलाई नयाँ प्रविधि उपलब्ध गराउन थालेका छन् र उत्पादन क्षमता बढाउन लगानी गरिरहेका छन् ।

आईसीसीओले कोको उद्योगबाट वातावरणलाई हानि नहुने सुनिश्चित गर्न किसानहरूलाई पारस्परिक सहयोगको लागि सहकारी समूहहरू गठन गराइरहेको छ । साथै, आधुनिक खेती विधिहरू अपनाउन प्रोत्साहित गरिरहेको छ ।

युरोपेली संघको कानुन अनुसार कोको उत्पादनका लागि कुनै क्षेत्रमा जंगल काटिएको भए त्यस क्षेत्रबाट आउने उत्पादनलाई प्रतिबन्ध लगाइन्छ ।

यस्ता व्यवस्थाले भविष्यमा बजारबाट चकलेट ‘हराउने’ चिन्ता व्यक्त गरिएको छ । तर यदि कुनै भयानक प्राकृतिक प्रकोप देखा परेन भने कोको उत्पादन लामो समयसम्म जारी रहनेछ।

जलवायु परिवर्तनको असर

जलवायु परिवर्तनका कारण कोको किसानको आम्दानीमा नकारात्मक असर परेको छ । त्यसैले जलवायु परिवर्तनले चकलेट उत्पादनमा प्रभाव पारिरहेको छ । मौसममा आएको ठुलो परिवर्तन र किराको फैलावटका कारण कोकोका बिरुवाहरु प्रभावित भइरहेका छन् ।

तर यो बाहेक अर्को समस्या पश्चिमी देशका कोको उत्पादक र आयातकर्ताको आम्दानी वा नाफामा ठूलो असमानता रहेको छ । पश्चिमी आयातकर्ताहरूसँग प्रशस्त स्रोत छ। तिनीहरू अग्रिम खरिद गरेर चकलेट कारखानाहरूमा कोको आपूर्ति जारी राख्न सक्छन्।

बीबीसी हिन्दीबाट ।


प्रतिक्रिया दिनुहोस्