सुनचाँदीको मूल्य बढ्यो « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं । बिहीबार सुनको भाउ वृद्धि भएको भएको छ। आज छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँले वृद्धि भएको छ ।

अघिल्लो दिन १ लाख ४४ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज बढेर १ लाख ४४ हजार ९०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख ४४ हजार २०० रुपैयाँ तोकिएको छ ।

यस्तै, साताको पाँचौं कारोबार दिन चाँदीको भाउ पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँ बढेर १ हजार ८८५ रुपैयाँ कायम भएको छ । बुधवार भने १ हजार ८७० रुपैयाँ खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्