डलरको भाउले कीर्तिमानी बनाउँदा कमजोर बन्यो नेपाली रुपैयाँ, कस्तो असर पर्छ अर्थतन्त्रमा ?

काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउले कीर्तिमानी उचाई कायम गरेको छ । नेपाल राष्ट्र बैंक अनुसार आज डलरको भाउ हालसम्मकै उच्च विन्दुमा गरेको हो ।
आज एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २६ पैसा पुगेको छ। जुन अहिलेसम्मकै उच्च हो । आजैका लागि डलरको खरिददर भने १२३३ रुपैयाँ ६६ पैसा कायम भएको छ । बुधवार पनि प्रतिडलर १३४ रुपैयाँ २१ पैसा कायम भई रेकर्ड कायम गरेको थियो । तर, आज पुनः बढेर नयाँ उचाईमा पुगेको छ ।
आज भारतीय रुपैयाँ भने अमेरिकी डलरको तुलनामा कमजोर बनेको छ । भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि इतिहासकै कमजोर भएको छ । अ भारतीय रुपैयाँ कमजोर भएका कारण नै त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो ।
भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर छ । यसले भारु कमजोर हुँदा नेपाली मुद्रा समेत कमजोर भएको हो ।
डलरको भाउ बढ्दा नेपाललाई फाइदाभन्दा नोक्सानी धेरै हुने गर्दछ । अमेरिकी डलर बढ्दै जाँदा यसले विश्व बजारको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्ने गर्दछ । डलर महँगिँदै जाँदा अझै यस्तो महँगी बढ्न सक्छ । मूलतः पेट्रोलियम पदार्थको मूल्यमा यसले असर पार्छ । नेपाल आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा हरेक वस्तुको मूल्य वृद्धि हुने गर्दछ । भारतसहित तेस्रो मुलुकबाट आयात हुने मोटर, मोबाइल फोन, इलेकट्रोनिक्सका सामान, लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ लगायत सामान महँगो पर्नेछन् ।
यद्यपि, डलरको भाउ वृद्धिले नेपाली अर्थतन्त्रमा भने नकारात्मक र सकारात्मक दुवै असर पार्ने गर्दछ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदाहरुले डलरमा रेमिट्यान्स पठाउँछन्, जसले डलरको भाउ बढ्दा रेमिट्यान्समा पनि बढोत्तरी हुन्छ । यता, नेपाल घुम्न आउने विदेशी पर्यटकहरूले डलर बोकेर आउँछन् र यहाँ खर्च गरेर जान्छन् । यो नेपाली अर्थतन्त्रको लागि सकारात्मक छ ।
बिहीबारका लागि युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ८९ पैसा र बिक्रीमा १४५ रुपैयाँ ५४ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३० पैसा कायम भएको छ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २३ पैसा र बिक्री दर ८८ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४१ पैसा तोकिएको छ।
उक्त दिन कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, लेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६१ पैसा र बिक्रीदर २८ रुपैयाँ ७३ पैसा कायम भएको छ।
आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?
Currency | Unit | Buy | Sell |
---|---|---|---|
USD (U.S. Dollar) | 1 | 133.66 | 134.26 |
EUR (European Euro) | 1 | 144.89 | 145.54 |
GBP (UK Pound Sterling) | 1 | 172.52 | 173.30 |
CHF (Swiss Franc) | 1 | 150.62 | 151.30 |
AUD (Australian Dollar) | 1 | 88.23 | 88.63 |
CAD (Canadian Dollar) | 1 | 96.97 | 97.41 |
SGD (Singapore Dollar) | 1 | 99.42 | 99.87 |
JPY (Japanese Yen) | 10 | 8.65 | 8.69 |
CNY (Chinese Yuan) | 1 | 18.37 | 18.45 |
SAR (Saudi Arabian Riyal) | 1 | 35.63 | 35.79 |
QAR (Qatari Riyal) | 1 | 36.65 | 36.82 |
THB (Thai Baht) | 1 | 3.70 | 3.71 |
AED (UAE Dirham) | 1 | 36.39 | 36.55 |
MYR (Malaysian Ringgit) | 1 | 28.61 | 28.73 |
KRW (South Korean Won) | 100 | 9.66 | 9.70 |
SEK (Swedish Kroner) | 1 | 12.38 | 12.44 |
DKK (Danish Kroner) | 1 | 19.42 | 19.51 |
HKD (Hong Kong Dollar) | 1 | 17.12 | 17.19 |
KWD (Kuwaity Dinar) | 1 | 437.11 | 439.07 |
BHD (Bahrain Dinar) | 1 | 354.60 | 356.19 |