दुप्चेश्वर हुँदै गोसाइँकुण्ड पुग्ने छोटो मार्गमा तिर्थयात्रूहरूको चहलपहल बढ्यो, होमस्टेको सुविधा

काठमाडौं । गोसाइँकुण्ड पुग्न अर्को छोटो मार्गको पहिचान भएको छ । नुवाकोटको उत्तरी भेगमा अवस्थित दुप्चेश्वर महादेवको दर्शन गर्दै गोसाइँकुण्ड जाने नयाँ रुटमा यात्रुहरूको चहलपहल शुरु भएको छ ।
दोश्रो पशुपतिनाथको रुपमा परिचित दुप्चेश्वर हुँदै शिशिपु, तालु, फेदि, सुर्यकुण्ड दुधकुण्डको अवलोकन र स्नान गर्दै गोसाइँकुण्ड पुग्न सकिन्छ । तालुबाट एकै दिन गोसाइँकुण्ड पुग्न सकिने यो रुट छोटो रुट हो । गत बर्षबाट तालु देखि फेदिसम्मको जङ्गलमा ढुङ्गाको सिँढी निर्माण सअन्तिम चरणमा रहेको छ ।
बाटोमा विश्राम गृहहरु, फोहोर ब्यवस्थापन गर्ने डस्टबिनहरुको समेत व्यवस्था गरिएको छ । दुप्चेश्वर गाउपालिका, नेपाल पर्यटन बोर्ड र युएनडिपीको आर्थिक सहकार्यमा तथा स्थानिय साझेदार सस्था सहकार्य समाज नेपालबाट संचालित दिगो पर्यटनको लागि जिविकोपार्जन पुनस्थान कार्यक्रमबाट निर्माण सुरु गरिएको हो ।
पदमार्ग, बिश्रामगृह, काठेपुल, फोहोर ब्यवस्थापनको निर्माण मात्र होइन यात्रुहरूको सत्कार, खाना एवम् आवाासको लागि होमस्टेको सुरु गरिएको छ ।
विभिन्न संस्घ संस्थाको सहयोगमा होम स्टेको लागी ब्यवस्थापन तालिम पनि सचालन गरिएको छ । गत वर्ष घ्याङ्गफेदि, शिसिपु, घ्याङडाडा, तालु, कसेरीका इक्छुक ब्यक्तिहरुलाई शिशिपुमा ७ दिने तालिम दिइएको थियो । नेपालकै पहिलो होम स्टे सिरुवारी होमस्टेका सन्चालिका उर्मिला गुरुङले तालिम दिएकी थिइन भने यो बर्ष पनि पुनर्ताजकीको रुपमा गत श्रावण १९ देखि २३ गतेसम्म उनै गुरुङलेनै तालिम दिएकी थिइन । तालिमको समापन दुप्चेश्वर गाउपालिकाको अध्यक्ष शंकर बहादुर थापा, नेपाल पर्यटन बोर्डको म्यानेजर श्रद्धा श्रेष्ठ, युएनडिपीका परियोजना म्यानेजर धर्म दवाडी, वडा नम्बर १ का अध्यक्ष सिताराम तमाङ, घ्याङ्फेदी होमस्टेका कर्मजित तमाङ लगायतको उपस्थिति रहेको थियो ।

सहकार्य समाज नेपालका अध्यक्ष निलकण्ठ आचार्यको अध्यक्षतामा कार्यक्रम सन्चालन भएको थियो । कार्यक्रमको सन्चालन कृष्ण मान तमाङ तथा स्वागत महेन्द्र थिङ्ले गरेका थिए ।

अहिले घ्याङ्फेदी, शिशिपु र तालुमा आवास तथा खानाको लागि होमस्टे सचालनमा रहेको सहकार्य समाज नेपालको अध्यक्ष निलकण्ठ आचार्यले जानकरी दिए । साथै उक्त रुटमा पर्ने घोप्टेफेदी जहाँ २०४९ सालमा ११३ जनाको मृत्यु हुने गरि थाइ एयरको विमान दुर्घटना भएको थियो त्यस स्थानमा ती दुर्घटनामा मृत्यु हुने ब्यक्तिहरुको देश र नाम साथै प्लेनका अवशेशहरुको सानो संग्रहालयको लागि काठको घर पनि तयार भैसकेको आचार्यले जानकारी दिए ।