एकैदिन ३ हजार रुपैयाँ बढ्यो सुनको भाउ, तोलाकै १ लाख ५६ हजार ३०० रुपैयाँ पुग्यो « Arthapath.com
२८ भाद्र २०८१, शुक्रबार

एकैदिन ३ हजार रुपैयाँ बढ्यो सुनको भाउ, तोलाकै १ लाख ५६ हजार ३०० रुपैयाँ पुग्यो



काठमाडौं । सुनको भाउ ह्वात्तै बढेको छ । सुन साताको अन्तिम कारोबार दिन तोलामा ३ हजार रुपैयाँ महँगिएको हो ।

नेपाली बजारमा छापावाला सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको भाउ १ लाख ५६ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार यो हालसम्मकै उच्च हो । यसअघि १ लाख ५३ हजार ४०० रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो । शुक्रबार उक्त रेकर्ड ब्रेक गरि नयाँ कीर्तिमान कायम गरेको हो ।

महासंघका अनुसार चाँदीको मूल्य पनि ह्वात्तै वृद्धि भएको छ । चाँदी तोलामा ६५ रुपैयाँ बढेको छ । योसँगै आजका लागि १ हजार ८६० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्