भेटायो एपको दशैं धमाका: घर मर्मतदेखि लुगा धुनेसम्म, जे खोज्यो त्यही सुविधा उपलब्ध
काठमाडौं । भेटायो नेपालले चाडपर्व लक्षित अफर ल्याएको छ । दशैं नजिकिँदै गर्दा भेटायोले आफ्नो धमाका अफरहरू ल्याएको हो । अब कुनै पनि तनाव विना आफ्नो घर तयार गर्न, मर्मत गर्न डिजाइन गरिने भएको छ ।
सामान्य मर्मतदेखि सरसफाई र लुगा धुने र अन्य धेरै कामहरु भेटायो मार्फत सहज र सरल रुपमा बिना झन्झट गर्न सकिने छ ।
भेटायो एक–स्टप सेवा प्लेटफर्म हो, जसले तपाईंलाई घर मर्मत गर्ने कार्यदेखि प्लम्बिङ, विद्युतीय काम, सिकर्मी, कीट नियन्त्रण, सरसफाई, जस्ता सेवाहरू प्रदान गर्ने यस्तो लक्ष्य छ । भेटायोले काठमाडौं उपत्यकाभित्र छिटो, भरपर्दो र झन्झट रहित सेवाहरु उपलब्ध गराउँद्यै आएको छ ।
भेटायोले चाडपर्वहरूको लागि समयमै आफ्नो घरको भान्सा मर्मत गरेको १ हजार ३०० रुपैयाँ तोकेको छ । यस्तै, यसअघि ५ हजार २०० रुपैयाँ लाग्ने बाथरूम मर्मतको अब भने ३ हजार ३८० रुपैयाँ लाग्ने छ ।
यस्तै, अब प्रति किलो ८५ रुपैयाँ सामान्य लुगा धुने र पट्याउने सेवाहरू पनि प्रदान गरिने भेटायोले जनाएको छ । डबल सिरकहरू ४०० रुपैयाँमा सफा गर्ने सेवा उपलब्ध छन् । साथै ५ थान भन्दा बढी अर्डर भएमा निःशुल्क डेलिभरीको व्यवस्था ।
यस्तै, घर चम्किलो र सफा बनाउनका लागि भने वान बिएचके सफाईको ३ हजार, ठुला घरहरुको २ बिएचके सरसफाई (दुई सीटर सोफा निशुल्क सफा), थ्री बिएचके सफाईमा (थ्री सीटर सोफा निशुल्क सफाई हुनेछ ।
सोफाको सफाई पनि ४०० रुपैयाँ (प्रति सिटर) मा उपलब्ध छ । अर्को बाइ वान् जेट वान अफर अन्तर्गत पनि भान्साको सरसफाई बुक गर्दा निःशुल्क चिम्नीको सरसफाई सित्तैमा पाइने छ ।
निःशुल्क आन्तरिक सहित १ हजार ५०० (३ फिट सम्म) वा २ हजार ५०० (३–५ फिट) मा चिम्नी सफा गर्ने र भान्साको सिसाहरु सफाई गर्ने सेवाहरु समावेश छन् । टायल्स र मार्बल सफाई १२ वर्ग फुट (न्यूनतम ५०० वर्ग फुटको रु.६००० मा), एउटा निःशुल्क बाथरूम सफाई समावेश रहेको छ ।
एयर कन्डिशनरहरूमा अविश्वसनीय दशैं छुटको साथ आफ्नो उपकरणहरू अपग्रेड गर्न सकिने छ । पुरानो प्लास्टिक ट्याङ्कीको सट्टामा उच्च गुणस्तरको ब्रान्डेड एसएस ट्याङ्की डेलिभरी सेवा पनि अब भेटायो एप मार्फत हुने छ ।