सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कति पुग्यो तोलाको ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।
आज छापवाला सुन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घलर जनाएको छ । बुधबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।