आज कुन विदेशी मुद्राको भाउ कति ? « Arthapath.com
४ कार्तिक २०८१, आईतवार

आज कुन विदेशी मुद्राको भाउ कति ?



काठमाडौं । आइतबार डलरको भाउ स्थिर छ । सो दिन अमेरिकी डलरको भाउमा कुनै थपघट भएको छैन् ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ८१ पैसा कायम भएको छ भने खरिददर १३४ रुपैयाँ २१ पैसा कायम भएको छ । शनिबार पनि डलर सोही दरमा कारोबार भएको थियो ।

आइतबार एक युरोको बिक्रीदर १४६ रुपैयाँ १९ पैसा कायम भएको छ । यता, यसको खरिददर १४५ रुपैयाँ ५४ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार आइतबार बेलायती पाउन्ड एकको बिक्रीदर १७५ रुपैयाँ ८५ पैसा र खरिददर १७५ रुपैयाँ ०७ पैसा, जापानिज येनको बिक्रीदर ८ रुपैयाँ ९९ पैसा र खरिददर ८ रुपैयाँ ९५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४६ पैसा र क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७५ पैसा तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्